वेबटिभी खबर
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच सय १० ग्राम सुनसहित एक जना पक्राउ परेका छन ।
पक्राउ पर्नेमा सिन्धुलीका नवराज धामी रहेको त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख डा.टोकराज पाण्डेले जानकारी दिए ।
पाण्डेका अनुसार मलेसियाबाट मलेसियन एयरलाइन्समा सोमबार काठमाडौं आएका धामीले टिभीको भित्रपट्टी लुकाईछिपाई ल्याएको उक्त सुन विमानस्थल भन्सार कार्यालयले पक्राउ गरेको हो ।
उक्त विषयमा आवश्यक अनुसन्धान सुरु भएको डा.पाण्डेले बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij