Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

बाढीपीडितलाई राहतको माग गर्दै एमाले बागमती कमिटीले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र

बाढीपीडितलाई राहतको माग गर्दै एमाले बागमती कमिटीले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र

  • 793
    SHARES
  • बाढीपीडितलाई राहतको माग गर्दै एमाले बागमती कमिटीले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र

    काठमाडौं । सिन्धुपाल्चोकस्थित मेलम्ची र इन्द्रावती नदीको बाढीले प्रभावित भएका जनताले राहत पाउनुपर्ने माग गर्दै सत्तारुढ नेकपा एमाले बागमती प्रदेश कमिटीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर एमाले बागमती प्रदेश कमिटीका अध्यक्ष आनन्द पोखरेलसहितको टोलीले ज्ञापनपत्र बुझाएको हो । 

    ज्ञापनपत्रमा सिन्धुपाल्चोक बाढीमा परी मृतक भएकाका परिवारलाई क्षतिपूर्ति र राहत तथा विस्थापित ४ सय परिवारलाई राहत र पुनर्स्थापनाको माग गरिएको छ । सत्तारुढ एमालेका अध्यक्षसमेत रहेका ओलीसँग नदी नियन्त्रण, खानेपानी, विद्युत, सडक, पुललगायतका क्षतिग्रस्त संरचनाको तत्काल पुनःनिर्माण गर्न पनि कमिटीले ज्ञापनपत्रमार्फत ध्यानाकर्षण गराएको छ ।

    कमिटी अध्यक्ष पोखरेलले बाढीपीडितको पुनर्स्थापनाका लागि आफूहरुले दिएको सुझावमा प्रधानमन्त्रीबाट सकारात्मक प्रतिक्रिया आएको बताए । १ असार साँझदेखि २ दिनसम्म मेलम्ची, इन्द्रावती, याङ्ग्री र लार्के नदीमा आएको बाढीमा परी जिल्लाका १६ जनाको निधन भएको छ भने करिब ४ सय परिवार विस्थापित भएका छन् ।

    बाढीले इन्टरनेटका केबुल बगाएको छ भने र विद्युत र टेलिफोनका तार रहेका पोल ढलेर सेवा अवरुद्ध भएको छ । विभिन्न सडकका पक्की पुल बाढीले पूर्ण रुपमा बगाएपछि यातायात र ढुवानी सेवा प्रभावित बनेको छ । यसतर्फ पनि कमिटीले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij