Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

‘पार्टी एक ढिक्का हुनुपर्छ’

‘पार्टी एक ढिक्का हुनुपर्छ’

  • 433
    SHARES
  • ‘पार्टी एक ढिक्का हुनुपर्छ’

    इलाम । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री डा.मिनेन्द्र रिजालले नेपाली कांग्रेस पार्टी केन्द्रदेखि टोलसम्म एक भएरअघि बढ्न आवश्यक रहेको बताएका छन् ।

    नेपाली कांग्रेस इलामले आयोजना गरेको अन्तर्क्रियामा उनले सबै नेता तथा कार्यकर्ता मिलेमात्र कांग्रेस सबल हुने धारणा व्यक्त गरे ।

    एउटै पार्टीभित्र पनि अलग विचारधारा हुनु सामान्य भएको भन्दै उनले आम निर्वाचनमा एक ढिक्का भएर अघि बढ्नुपर्नेमा जोड दिए ।

    नेपाली कांग्रेसका नेता विचारको विविधता पचाउन सक्ने खालको हुन आवश्यक रहेको भन्दै डा.रिजालले फरक विचारले पनि नेता जन्माउने उनको तर्क छ ।

    कांग्रेसलाई मत दिएर विजयी भएका जनप्रतिनिधिले जनताको काम छिटो–छरितो ढंगले गर्न सके जनताले पुनः सोही पार्टी रोज्ने उनको भनाइ छ ।

    पार्टीलाई समृद्ध बनाउन जितेर गएका जनप्रतिनिधिको काम पनि सही हुन आवश्यक रहेको तर्क गर्दै उनले वडादेखि नै जितेर गएका जनप्रतिनिधिले राम्रो काम गर्नुपर्नेमा जोड दिए ।

    नेपाली कांग्रेस देशको ठूलो पार्टी भएको र पनि कांग्रेस सरकारमा भए÷नभएको महसुस हुनेगरी काम गर्न सुझाव जिल्लाका नेता तथा कार्यकर्ताको छ ।

    कार्यक्रममा कांग्रेस इलामका पूर्वजिल्ला सभापति हिमालय कर्माचार्यले सही र गलत के हो भनेर छुट्याउन आम जनता सक्षम भइसकेकाले माथिल्लो तहमा भएका नेता तथा सरकारमा भएकाहरूले राम्रो काम गर्न आवश्यक रहेको बताए ।

    जिल्ला सभापति डम्बर खड्काले सबै पक्षसँग मिलेर अघि बढ्न आफू तयार रहेको भन्दै पार्टीलाई समृद्ध बनाउन सबै कार्यकर्तासमेत जागरुक बन्न आवश्यक रहेको बताए ।

    आएका सुझावलाई केन्द्रले पनि गम्भीरताका साथ लिनुपर्नेमा पार्टी सचिव निरोज खड्गीको सुझाव छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij