वेबटिभी खबर
काठमाडौं । विश्वभर सन् २०२० मा ५२ लाख मानिस कराेडपतिकाे सूचीमा समावेश भएका छन् । हाल विश्वमा कराेडपतिकाे संख्या कुल जनसंख्याकाे एक प्रतिशतभन्दा धेरै भएको छ । सन् २०२० मा बेलायतमा मात्रै दुई लाख ५८ हजार नयाँ करोडपति बनेका छन्, अर्थात् ती व्यक्तिको सम्पत्ति एक मिलियन अमेरिकी डलर पार गरेको छ । महामारीले धेरै मानिसहरू गरीब बन्दै गइरहेकाे वेला ठूलाे संख्यामा कराेडपति थपिएका छन् ।
सन् २०२० मा विश्वमा पाँच करोड ६१ लाख करोडपति भएका छन् । फ्रान्समा मात्र तीन लाख नौ हजार नयाँ करोडपति थपिएका छन् । एक क्रेडिट सुइस रिपोर्टका अनुसार धेरै व्यक्तिले महामारीको समयमा सरकारी खर्च र अनुदानबाट लाभ उठाएका छन् ।
जापानमा यस वर्ष तीन लाख ९० हजार व्यक्तिको आम्दानी पाँच करोडभन्दा बढी पुगेको छ । पछिल्लो एक वर्षमा अष्ट्रेलियामा तीन लाख ९२ हजार मानिसको सम्पत्ति एक मिलियन डलर पार गरेकाे छ । सन् २०२० मा करोडपतिको संख्या सबैभन्दा धेरै अमेरिकामा देखिएको छ । त्यहाँ १७ लाख ३० हजार नयाँ व्यक्तिको सम्पत्ति एक मिलियन डलरभन्दा बढी पुगेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij