वेबटिभी खबर
काठमाडौं । प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद भवन बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकमा विद्यालय शिक्षा विधेयक २०८० पेस हुने कार्यतालिका रहेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले उक्त विधेयक संसदमा पेस गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
त्यसअघि उक्त विधेयकलाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij