Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

संविधान रक्षाका लागि सञ्चार जगत र नागरिक समाजको साथ चाहियो: विपक्षी गठबन्धन 

संविधान रक्षाका लागि सञ्चार जगत र नागरिक समाजको साथ चाहियो: विपक्षी गठबन्धन 

  • 810
    SHARES
  • संविधान रक्षाका लागि सञ्चार जगत र नागरिक समाजको साथ चाहियो: विपक्षी गठबन्धन 

    काठमाडौं । विपक्षी गठबन्धनमा आवद्ध नेताहरूले संविधान र लोकतन्त्र रक्षाका लागि सबै लोकतान्त्रिक शक्तिसँग सञ्चार जगत र नागरिक समाजको ऐक्यवद्धता आवश्यक भएको बताएका छन् ।

    bipaxigatha..jpg

    नेपाली कांग्रेसको अगुवाईमा गठित नेकपा माओवादी केन्द्र, नेकपा एमाले (माधव नेपाल पक्ष), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाको गठबन्धने नयाँ वानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आयोजित सम्पादकहरूसँगको अन्तरक्रिया कार्यक्रममा नेताहरूले यस्तो बताएका हुन् ।

    bipaxigatha.jpg

    सम्पादकहरूसँग अन्तरक्रिया गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रपति र प्रधानमन्त्रीको मिलेमतोमा गरिएको प्रतिनिधिसभा विघटनले मुलुक संकटतर्फ धकेलिएको दाबी गर्दै यस्ता गैरसंवैधानिक कदमको प्रतिवाद गर्ने बेला आएको स्पष्ट पारे । 

    प्रतिनिधिसभाका बहुमत सांसदहरुको दाबीलाई राष्ट्रपतिले अस्वीकार गरेपछि पाँच दल सर्वोच्च अदालतसम्म पुग्नु परेको देउवाको भनाइ छ । 

    ‘प्रधानमन्त्री र राष्ट्रपतिबाट संवैधानिक अंग कब्जा गर्ने प्रयास भएको छ । अदालतले असंवैधानिक काम रोक्दै आएको छ,’ देउवाले भने, ‘यस्ता प्रकारको असंवैधानिक कदम रोक्न जनस्तरबाट ऐक्यवद्धता आवश्यक छ ।’

    bipaxia.jpg

    नेपालको आन्तरिक मामिला बाह्य शक्तिले हस्तक्षेप गर्नु स्वीकार्य नहुने भन्दै नेपालको आन्तरिक मामिलामा नेपालीले नै निर्णय गर्न पाउनुपर्ने देउवाले बताए । ‘हामी सबै मुलुकसँग सुमधुर सम्बन्ध राख्न चाहन्छौं, हाम्रो आन्तरिक मामिलामा हामीले नै निर्णय गर्न पाउनुपर्छ,’ देउवाले भने । 

    नेपालको सार्वभौमिकता रक्षाका लागि नागरिक समाज, सञ्चार जगतलगायत सबै पक्ष एक भएर आन्दोनमा लाग्नुपर्ने देउवाको भनाइ छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij