Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

प्रतिगमनविरुद्ध विपक्षी गठबन्धनले भौतिक दूरी कायम गर्दै प्रमुख सहरमा प्रदर्शन गर्ने 

प्रतिगमनविरुद्ध विपक्षी गठबन्धनले भौतिक दूरी कायम गर्दै प्रमुख सहरमा प्रदर्शन गर्ने 

  • 709
    SHARES
  • प्रतिगमनविरुद्ध विपक्षी गठबन्धनले भौतिक दूरी कायम गर्दै प्रमुख सहरमा प्रदर्शन गर्ने 

    काठमाडौं । विपक्षी गठबन्धनले प्रतिनिधिसभा विघटनविरुद्ध सडक आन्दोलन गर्ने भएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको गठबन्धनको बैठकले भौतिक दूरी कायम गर्दै देशका प्रमुख सहरमा सडक प्रदर्शन गर्ने निर्णय गरेको हो ।

    सडक आन्दोलनका लागि केन्द्रमा संयोजन समिति बनाउने र भ्रातृ संस्थाहरूलाई परिचालन गर्ने विषयमा पनि छलफल भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल उपस्थित बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा गर्दै आगामी रणनीति तय भएको जनाइएको छ ।

    ‘आन्दोलन गर्ने विषयमा छलफल सुरु भएको छ । असंवैधानिक कदमको सडकबाटै विरोध गर्नुपर्छ भन्नेमा एकमत छौ,’ बैठकमा सहभागि एक नेताले भने । बिहीबारदेखि नै विपक्षी दलसम्बद्ध भ्रातृ संस्थाले सरकारविरुद्ध प्रदर्शन थाल्ने ती नेताले बताए । बैठकले प्रदेश सरकारमा जारी विपक्षी गठबन्धनलाई निरन्तरता दिने र गण्डकीलगायतमा अपूर्ण मन्त्रिपरिषदलाई तत्काल पूर्णता दिने सहमति पनि गरेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij