Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

ठाकुरले बोलाए कार्यकारिणी समितिको बैठक, बैठकपछि पार्टी दाबी गर्न आयोग जाने

ठाकुरले बोलाए कार्यकारिणी समितिको बैठक, बैठकपछि पार्टी दाबी गर्न आयोग जाने

  • 1.2K
    SHARES
  • ठाकुरले बोलाए कार्यकारिणी समितिको बैठक, बैठकपछि पार्टी दाबी गर्न आयोग जाने

    काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष महन्थ ठाकुर केन्द्रीय कार्यकारिणी समितिमा बहुमत सदस्यको दाबी गर्दै निर्वाचन आयोग जाने भएका छन् । यसबारे बुधबार कानुन व्यावसायीसँग छलफल गरेका ठाकुरले बिहीबार (आज) केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएका छन् ।

    ठाकुरले पार्टीको आधिकारिकता दाबीका लागि निर्वाचन आयोग जानुअघि कार्यकारिणी समितिको बैठक बोलाएका हुन् । जसपाकै अर्का अध्यक्ष उपेन्द्र यादवले १८ जेठमा अलग्गै बैठक राखेर ठाकुरसहित उनीपक्षका तीन नेतामाथि कारबाही गरिसकेको छ ।

    ७ पुस ०७७ गतेको बैठकले कार्यकारिणी समितिमा गरेको हेरफेर र निर्णय प्रमाणीकरणको अधिकार ठाकुरलाई दिएका कारण आयोगमा सोही आधारमा उनले दाबी प्रस्तुत गर्ने भएका छन् । 

    ठाकुरले ७ पुसको सोही बैठकको अधिकार प्रयोग गरेर कार्यकारिणी समितिमा २० जना सदस्य थप गरेर ३० जेठमा निर्वाचन आयोगमा पत्र पेश गरेका थिए । यादव पक्षले भने ७ पुसको बैठकले ठाकुरलाई त्यस्तो अधिकार नदिएको भन्दै किर्ते गरेको आरोप लगाएको छ ।

    जसपा अध्यक्ष ठाकुरले कार्यकारिणी समिति र विघटित प्रतिनिधिसभाका सदस्यहरुसँग छलफल गरेपछि आयोगले ७ असारमा दिएको १५ दिनको समयभित्र जवाफ पठाउने ठाकुरपक्षको भनाइ छ । जसपामा पनि ७ पुसपछि एकीकृत ढंगले पार्टीको बैठक बस्न सकेको छैन । त्यसयताका बैठक एकपक्षीय र विवादित भएको भन्दै आयोगले पार्टीका कुनै पनि एक अध्यक्षलाई मान्तता दिएको छैन ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij