वेबटिभी खबर
काठमाडौं । जनयुद्ध, जनआन्दोलन तथा अपांग संघर्ष समितिमा आबद्ध पीडितले घाइते तथा अपांग भएका व्यक्तिहरुले आफूहरुको उचित व्यवस्थापन गर्नुपर्ने माग गरेका छन् ।
आइतबार पत्रकार सम्मेलन गरेर उनीहरूले जनयुद्धका घाइते, अपांग तड्पिएर बाँच्न बाध्य रहेको भन्दै उचित व्यवस्थापनका लागि सरकारसँग अपिल गरेका हुन् ।
नेतालाई जंगलदेखि महलसम्म पुर्याउन बारुद र छर्रा शरीरमा बोकी जनयुद्ध लडेका घाइते, अपांगले औषधोपचारका लागि व्यक्तिगत सम्पत्ति बेचेर पनि नपुग्ने अवस्था रहेको उनीहरूले बताएका छन् ।
राज्यले काम गरिखान नसक्ने अवस्थामा रहेका जनयुद्धका अपांग र घाइतेलाई गाँस, बास, कपास र औषधोपचारको व्यवस्थापन गर्नुपर्ने उनीहरूको माग छ ।
जनयुद्धमा घाइते भएका चेतन सिग्देलले सरकारले आफूहरूलाई गाँस, बास, कपास र औषधोपचारको व्यवस्थापन गर्नुपर्ने माग गर्दै आफूहरुको व्यवस्थापनमा राज्यले नजर अन्दाज गरेको खण्डमा संघर्षमा उत्रिने बताए ।
उनले भने, ‘हामी काम गरिखान नसक्ने घाईते कयौँ साथीका लागि राज्यले तुरुन्तै गाँस, बास, कपास र औषधोपचारको व्यवस्था गरोस्, यदि हाम्रो समस्याको बेवास्ता गरियो भने हामी संघर्षमा जानेछौँ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij