Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

सन् २०२० मा विश्वभर २६ सय बालबालिका मारिए 

सन् २०२० मा विश्वभर २६ सय बालबालिका मारिए 

  • 1.2K
    SHARES
  • सन् २०२० मा विश्वभर २६ सय बालबालिका मारिए 

    काठमाडौं । संयुक्त राष्ट्र संघले यसै साता एक रिपोर्ट जारी गर्दै विश्वभर विभिन्न स्थानमा भइरहेको द्वन्द्वका क्रममा २६ सय ७४ बालबालिका मारिएको बताएको छ । संयुक्त राष्ट्रका प्रमुख अन्टोनियो गुटेरेसले सुरक्षा परिषद्मा प्रस्तुत गरेको रिपोर्टमा विश्वभर हिंसात्मक विवादहरुमा विद्रोही समूहमा भर्ती हुनका लागि बच्चाहरूको हत्या, घाइते र अपहरण हुने घटनाहरूको विस्तृत विवरण छ । 

    रिपोर्टअनुसार विश्वमा जारी २१ हिंसात्मक घटनाका क्रममा १९ हजार तीन सय नौ बालबालिकामाथि हिंसा भएको छ । यसमा १४ हजार ९७ बालक र ४९ सय ९३ जना बालिका रहेका छन् । दुई सय ८९ बालबालिकाको पहिचान छुट्टिएको छैन । सबैभन्दा धेरै घटना बालबालिकालाई सैनिकको रुपमा प्रयोग गरिएका छन् ।

    यसमा ८ हजार ५ सय २१ बालबालिका छन् । यीमध्ये २६ सय ७४ को ज्यान गएको छ भने ५७ सय ४८ जना घाइते भएका छन् । बालबालिकामाथि सोमालिया, कंगो, अफगानिस्तान, सिरिया र यमनमा सबैभन्दा बढी हिंसा भएको छ ।

    सन् २०२० मा अस्पतालमा हुने आक्रमणमा कमी आए पनि विद्यालयमा धेरै मात्रामा आक्रमण भएको छ । विशेष गरी साहेल र चाडमा विद्यालयमा हिंसा बढी भएका छन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij