Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

निउरो टिप्न गएकी महिलाकाे बाघको आक्रमणबाट मृत्यु

निउरो टिप्न गएकी महिलाकाे बाघको आक्रमणबाट मृत्यु

  • 746
    SHARES
  • निउरो टिप्न गएकी महिलाकाे बाघको आक्रमणबाट मृत्यु

    भरतपुर । जनकौली मध्यवर्ती सामुदायिक वन क्षेत्रमा निउरो टिप्न गएका समयमा बाघको आक्रमणबाट सोमबार एक महिलाको ज्यान गएको  छ । मृत्युहुनेमा रत्ननगर नगरपालिका-५ मगरटोलका ३२ वर्षीया गीता अधिकारी रहेका छन् ।

    जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आफ्नो घरनजिकै रहेको सो वन क्षेत्रमा निउरो टिप्न गएको बेला बाघले आक्रमण गर्दा अधिकारीको मृत्यु भएको हो ।

    मृतक अधिकारीको शव समयमा जंगलबाट निकाल्न माग गर्दै स्थानीयले प्रदर्शन समेत गरेका थिए । साथै स्थानीयले निकुञ्जको सौराह सेक्टर कार्यालयमा तोडफोड र आगजनी गर्दा केही समय सो क्षेत्र तनावग्रस्त बनेको थियो ।

    आज अपराह्न चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्राकृतिक संरक्षण कोषका कर्मचारीले बाघलाई ‘डट’ गरेर नियन्त्रणमा लिएको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिए । यस आर्थिक वर्षमा मात्र जिल्लामा चार जनाको बाघको आक्रमणबाट अकालमा मृत्यु भइसकेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij