Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

दुई पेस्तोल र २० थान गोलीसहित दुई जना पक्राउ 

दुई पेस्तोल र २० थान गोलीसहित दुई जना पक्राउ 

  • 623
    SHARES
  • दुई पेस्तोल र २० थान गोलीसहित दुई जना पक्राउ 

    सर्लाही । सर्लाहीको दक्षिण पुर्वी क्षेत्रमा रहेको पर्सा गाउँपालिका ६ अन्तर्गत पर्ने नेपाल भारत सीमाबाट सशस्त्र प्रहरीले शनिबार राति पेस्तोल र गोलीसहित दुई जनालाई पक्राउ गरेको छ ।

    भारतबाट नेपाल आउदै गरेको भारतीय नम्बरको मेटरसाइकलमा आएका दुई जना युवाहरूको तलासी लिँदा १ थान अटोम्टिक पेस्तेल, १ थान कटुवा पेस्तोल र २० राउन्ड गोलि बरामद भएको संग्रामपुर सशस्त्र प्रहरी वेशका इन्चार्ज कृष्ण बहादुर गुरुङले जानकारी दिए ।

    पक्राउ परेका सर्लाहीको हरिपुर्वा नपा ६ खरमार टोल बस्ने जीवन कुमार यादवको साथबाट अटोमेटिक पेस्तोल १ थान र १५ थान गोलि र प्रकाश यादवबाट १ थान कटुवा पेस्तोल र ५ थान गोलि बरामद भएको इन्स्पेक्टर गुरुङले बताए ।

    हतियारसहित भारतबाट प्रवेश गरेका दुवै जनालाई शनिबार राति ८ बजे पक्राउ गरी आवश्यक अनुसंधानको लागि जिल्ला प्रहरी कार्यालयमा बुझाइएको छ  ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij