Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

भारतमा दैनिक संक्रमण घटेर ५० हजार पुग्यो 

भारतमा दैनिक संक्रमण घटेर ५० हजार पुग्यो 

  • 650
    SHARES
  • भारतमा दैनिक संक्रमण घटेर ५० हजार पुग्यो 

    नयाँ दिल्ली । भारतमा आइतबार कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या घटेर ५० हजारको आसपास आइपुगेको छ । यो तथ्यांक ८९ दिनमा सबैभन्दा कम हो । आइतबार ५२ हजार नौ सय ५६ जना संक्रमित भएका छन् । मे महिनामा संक्रमण उच्च विन्दु पुगेका वेला त्यहाँ दैनिक चारलाख भन्दा बढी संक्रमित भएका थिए । 

    सो अवधिमा १४ सय २३ जनाको संक्रमणका कारण ज्यान गएको छ र संक्रमणमुक्त हुनेको संख्या ७७ हजार ९६७ जना रहेका छन् । भारतमा हाल सक्रिय संक्रमितको संख्या ६ लाख ९७ हजार छ । भारतमा संक्रमण घट्न थालेसँगै विस्तारै राज्यहरूले लकडाउन खुकुलाे बनाउँदै गएका छन् । 

    अहिले भारतका १० राज्यहरूमा पूर्ण लकडाउन लागू गरिएका छन् । यसमा पश्चिम बंगाल, हिमाचल प्रदेश, झारखन्ड, छत्तीसगढ, ओडिशा, कर्नाटक, तमिलनाडु, मिजोरम, गोवा र पुडुचेरी पर्छन् । अघिल्लो लकडाउन जस्तै यहाँ कडा प्रतिबन्ध लगाइएको छ । तेलगंनाले सबै प्रतिबन्ध हटाएर जुलाइदेखि विद्यालय पनि सञ्चालन गर्ने भएकाे छ ।

    भारतमा अहिलेसम्म काेराेना संक्रमणबाट करिब तीन कराेड मानिस संक्रमित भएका छन्, भने तीन लाख ८८ हजारले ज्यान गुमाएका छन् । विज्ञहरूले भारतमा पुनः तीन महिनापछि तेस्राे लहर फैलिन सक्ने चेतावनी दिएका छन् । 

    भारतमा कोरोनाबाट दैनिक संक्रमित हुने र मृत्यु दर दुबै घट्यो  भारतमा कोरोनाबाट दैनिक संक्रमित हुने र मृत्यु दर दुबै घट्यो  भारतमा लगातार चौथो दिन चारलाख बढी संक्रमित  भारतमा लगातार चौथो दिन चारलाख बढी संक्रमित 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij