Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

घरमै रक्तचाप जाँच्ने सही तरिका

घरमै रक्तचाप जाँच्ने सही तरिका

  • 280
    SHARES
  • घरमै रक्तचाप जाँच्ने सही तरिका

    काठमाडौं । उच्च रक्तचाप (बीपी) हुनु आजभोलि सामान्य जस्तो हुन थालेको छ । खानपान र जीवनशैलीका कारण अहिले रक्तचापका बिरामीको दर बढ्दो छ ।

    घरमै रक्तचाप जाँच गर्ने मेशिन राख्ने क्रम पनि बढेको छ । अमेरिकन हार्ट एसोसिएसनले जारी गरेको एडभाइजरीमा घरमै रक्तचाप जाँच्दा राम्रोसँग जाँच नगरिएको उल्लेख छ ।

    सजिलोको लागि घरमै जाँच गर्ने डिजिटल ब्लड प्रेसर मनिटर मेसिनबाट गलत तरिकाले रक्तचाप हेर्ने र त्यसरी हेरिएको रक्तचापले अनेकन समस्या निम्त्याउने एसोसिएसनले जनाएको छ ।

    रक्तचाप कहिले जाँच्नु हुँदैन ?

    अमेरिकन हर्ट एसोसिएसनका अनुसार रक्तचाप जाँच गर्दा बस्ने तरिकालाई धेरै महत्त्वपूर्ण मानिन्छ । यसबाहेक शारीरिक काम गरेपछि तुरुन्तै रक्तचाप जाँच गर्नुहुँदैन ।

    घरमै रक्तचाप जाँच गर्नुअघि पिसाब गर्नु अनिवार्य मानिएको छ । ओछ्यानमा बसेर पनि बीपी जाँच गर्दा पनि सही अंक आउने सम्भावना कम हुन्छ ।

    ढाड सिधा पारेर कुर्सीमा बस्नुहोस्

    रक्तचाप जाँच गर्न बस्दा कुर्सीमा बसेर कुर्सीको सहाराले ढाड सीधा राख्नु पर्छ । यसपछि पैतालालाई जमिन बराबर राख्नुपर्छ । कुहिनोलाई टेबुलको सहारामा सिधा राख्नुपर्छ ।

    यस्तो अवस्थामा घरमै आफ्नो रक्तचाप जाँच गर्दा रक्तचापको रिडिङको शुद्धता बढ्छ ।

    ओछ्यानमा सुतेर रक्तचाप जाँच नगर्नुहोस्

    विज्ञहरूका अनुसार ओछ्यानमा सुतेर ब्लड प्रेसर रिडिङ लिने हो भने सही रिडिङ हुने सम्भावना कम हुन्छ ।कार्डियोलोजिस्टका अनुसार बिहान सबेरै ओछ्यानमा रिडिङ गर्ने चलन बिल्कुल सही होइन ।

    यसरी बीपी जाँच गर्दा पुरै गलत रिडिङ हुन्छ भन्ने होइन, तर केही अंकको हेरफेर अवश्य हुन सक्छ । ब्लडप्रेसर वा सुगरको समस्या भएका व्यक्तिले घरमै डिजिटल बीपी उपकरण र जाँच गर्ने मेसिन राख्नुपर्छ र केही समयको अन्तरालमा डाक्टरलाई देखाएर सल्लाह पनि लिइरहनुपर्छ ।

    विज्ञहरूको सल्लाह के छ ?

    मुटुरोग विशेषज्ञहरूले उठ्न नसक्ने अवस्थाका बिरामीलाई अस्पतालमा बेडमा राखेर पनि बीपी जाँच हुने र चिकित्सक र तालिमप्राप्त प्यारामेडिकल स्टाफको निगरानीमा हुने गर्छ ।

    अस्पतालहरूमा गरिने रक्तचाप निगरानी निरन्तर पनि हुने गर्छ । त्यसैले अस्पतालमा लिने जसरी नै घरमा गर्नुहुँदैन । बस्न सक्ने बिरामीलाई सधैँ कुर्सीमा पीठ टेकेर, टेबलमा हात राखेर र खुट्टा जमिनमा राखेर रक्तचाप जाँच गर्नुपर्छ । एजेन्सीबाट

     

  • सम्बन्धित विषय:

  • # रक्तचाप

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij