Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

म्याग्दीको कोप्रे झरना आन्तरिक पर्यटकको रोजाइमा

म्याग्दीको कोप्रे झरना आन्तरिक पर्यटकको रोजाइमा

  • 206
    SHARES
  • म्याग्दीको कोप्रे झरना आन्तरिक पर्यटकको रोजाइमा

    म्याग्दी । पुछारमा कलकल बगेको म्याग्दी नदी । नदीको तट (किनार)मा लमतन्नै परेको खेतको फाँट । परम्परागत र आधुनिक शैलीका घरले चिटिक्क सिँगारिएको बगरफाँट गाउँ ।

    गाउँको सिरानमा घना जंगल । जंगलको माथिपट्टि विशाल भिर । त्यही भिरको मुख्य पहाडनै काटिएर अंग्रेजी अक्षर भी आकारमा माथिदेखि तल फैलँदै अर्धसोली आकारमा झरेको पानी उड्ने कोप्रे झरना हिजोआज धेरैको आकर्षणको केन्द्र विन्दु बन्दै गइरहेको छ ।

    म्याग्दीको बेनी नगरपालिका-३ दुधेखोलास्थित सो झरना अवलोकनका लागि यहाँ आन्तरिक पर्यटकको आवागमन बढ्दै जान थालेको छ ।

    म्याग्दीको सदरमुकाम बेनी बजारको म्याग्दी पुल तरेर पश्चिम हाँडेभिर सुर्केमेला बरङ्जा सडकखण्डतर्फ लाग्दा बगरफाँटमा रमणीय धानका हरिया  फाँट कटेपछि यो झरनामा पुग्न सकिन्छ ।

    म्याग्दी खोलाको काखमा सुन्दर शान्त बगरफाँट बस्ती र शिरमा झर्ने विभिन्न झरना हेर्दै करिब दुई किलोमिटरको यात्रापछि पुगिन्छ कोप्रे झरनामा ।

    करिब दुई सय मिटर उचाइ रहेको कोप्रे छहरा र पाँच सय मिटर उचाइ रहेको यो झरना मुख्य सडकको एक सय मिटर दक्षिणी भागमा अवस्थित छ ।

    यहाँ दैनिक ५० देखि दुई सय युवायुवती रमाउन आउने गर्दछन् । यहाँ दुई  कोप्रे र उडाइनो झरना छन्  । बेनी-२ का  कमल जिसीले कोप्रे झरना हिजोआज धेरैको आकर्षणको केन्द्र  बन्दै गइरहेका बताए ।

    बेनी-२ बगरफाँटमा पर्ने उडाइनो झरना र बेनी -३ भकिम्लीको दुधेखोलामा पर्ने कोप्रे झरना दुवै वडाका आकर्षक झरना हुन् ।

    बेनी-३ भकिम्लीको तोराखेतबाट झर्ने उडाइनो झरना र कोप्रे झरना पानीको स्थायी स्रोत नहुँदा हिउँदमा सुक्ने र बर्खामा बग्ने गर्दछन् ।

    पूर्वाधार विकास र प्रचारप्रसार गर्नसके आकर्षक पर्यटकीय गन्तव्यस्थलको रुपमा विकसित हुँदै गरेको लभहिल, टोड्के, भकिम्लीको स्वर्गाश्रमजस्तै अर्को पर्यटकीय गन्तव्य बन्न सक्ने स्थानीयको भनाइ छ ।

    आन्तरिक र बाह्य पर्यटकका लागि आकर्षक गन्तव्य बन्ने सम्भावना भएको झरना करिब २५० मिटर अग्लो छ । झरना सदरमुकाम बेनी बजारदेखि करिब ४५ मिनेटको दूरी र बेनी-बगरफाँट-बरङ्जा सडकअन्तर्गत बगरफाँट गाउँबाट एक हजार मिटर दक्षिणमा पर्दछ ।

    बेनपा-३ भकिम्लीको तोराखेतबाट झर्ने सो झरना पानीको स्थायी स्रोत नहुँदा हिउँदमा सुक्ने र बर्खामा बग्ने गर्दछ ।

    पूर्वाधार विकास र प्रचारप्रसार गर्नसके आकर्षक पर्यटकीय गन्तव्यस्थलको रुपमा विकसित हुँदै गरेको लभहिल, टोड्के, भकिम्लीको स्वर्गद्वारी आश्रमजस्तै अर्को पर्यटकीय गन्तव्य बनाउन प्रयास गरिने बेनी -३ का वडाध्यक्ष पदमबहादुर पुनले बताए ।

    म्याग्दीका बुद्धिजीवी एवं इतिहासका अध्येता चन्द्रप्रकाश बानियाँले म्याग्दी नदीको पानी लिफ्ट गरेर भए पनि झरनालाई निरन्तरता दिनुपर्ने बताउँछन् ।

    सो झरनाका कारण सदरमुकाम बेनी र बगरफाँटको मात्रै नभई पुलस्त्य डाँडो, ढोलठाना, मल्लाज, गाजने र टोड्केको समेत प्राकृतिक सुन्दरतामा आकर्षण थपिने उनको भनाइ छ ।

    रमणीय जंगलको बीचमा रहेको झरना वरिपरि जंगली जनावर र पशुपन्छीको वासस्थानसमेत छ । प्राकृतिकस्वरुप नबिग्रने गरी सुविधायुक्त पर्यटकीय पूर्वाधार व्यवस्थापनका लागि योजना बनाएर यसको विकासमा लाग्न स्थानीयले नगरपालिकासँग माग गरेका छन् ।

    अन्य दिनभन्दा छुट्टीको दिनमा यहाँ घुम्न आउनेको सङ्ख्या बढी हुने गरेको पाइएको छ भने किशोरकिशोरी र युवा समूहले बढी अवलोकन गर्ने गरेका स्थानीयवासीको भनाइ रहेको छ ।

    यी दुई झरना पर्यटकीयस्थल लभ्लीहिल पछिको दोस्रो बढी तस्बिर खिचिने स्थान भएको बेनीबाट झरनामा घुम्न आउनुभएका कृष्ण श्रेष्ठले बताए ।

    पैदल वा सवारी दुवैको प्रयोग गरी पुग्न सकिने यस छहरालाई व्यवस्थित गरी प्रचारप्रसार गर्न सकिएमा म्याग्दीको पर्यटनमा थप इँटा थपिने उहाँको भनाइ छ ।

    यहाँ पर्यटकीय पूर्वाधारको विकास गर्ने हो भने भकिम्ली बेलढुंगा तथा मंगला गाउँपालिकाको झाँक्रीपानीसम्म पुग्ने आन्तरिक पर्यटकको संख्यामा वृद्धि हुने यहाँ पुग्ने युवाले बताएका छन् ।

    रमणीय जंगलको बीचमा रहेको झरना वरिपरि जंगली जनावर र पशुपन्छीको वासस्थानसमेत छ । प्राकृतिकस्वरुप नबिग्रने गरी सुविधायुक्त पर्यटकीय पूर्वाधार व्यवस्थापनका लागि योजना बनाउनुपर्ने स्थानीयको माग रहेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij