वेबटिभी खबर
बाजुरा । प्रतिकूल मौसमले भिरबाट लडेर घाइते भएकी बूढीनन्दा नगरपालिका-१ बस्ने १६ वर्षीया ललिता गिरीको पाँच दिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
बालिकाको आज बिहान मनाङ एयरको हेलिकप्टरमार्फत काठमाडौं लगिएको प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले बताए ।
गाउँ नजीकै रहेको रुपासैनी भिरमा घाँस काटिरहेको बेला बुधबार साँझ लडेर ललिता गम्भीर घाइते भएकी हुन् । उनलाई तत्काल आफन्तले बोकेर कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्याएका थिए । सांकेतिक तस्बिर
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij