मुकेश झा
सर्लाही । सर्लाहीमा आँखा पाक्ने रोगको प्रकोप बढ्दै गएको छ । मौसम परिवतर्न भएसँगै आँखा पाक्ने रोगको प्रकोप बढेको आँखा रोग विशेषज्ञहरुले बताएका छन् ।
अत्यधिक गर्मीका बेला इपोडेमीक केराटो कन्जङटिभाइटिस नामक जिवानु सक्रिय भएको छ । सुरुका दिनमा बिरामीको आँखा रातेहुने, चिलाउने, आँसु बग्ने र घाममा आँखा हेर्न नमिल्ने जस्ता लक्ष्ण देखिने गरेको हरिपुर्वा नगरपालिकाका आयुर्वेद शाखा प्रमुख डाक्टर सञ्जय यादवले बताए ।
वैशाख यता मधेस प्रदेशमा गर्मी बढेसँगै पोखरी, खोला, इनार, ह्याण्डपाइप सहितको खानेपानीका मुहान सुक्दै गएको कारण बालबालिकालाई खान र नुहाउन पानीको धेरै अभाव भएको छ । जस कारण आँखा पाक्ने रोगबाट बढी विद्यार्थी र बालबालिका प्रभावित भएका छन् ।
जिल्लाको हरिपुर नगरपालिकामा केही विद्यालय र समुदायमा आँखा पाक्ने तथा आँखा रातो हुने बिरामीको सङ्ख्या बढ्दै गएकाले भाइलर विरुद्ध घुम्ती शिविर सञ्चालन गरेर बिरामीको उपचार गरिने स्वास्थ्य शाखा प्रमुख अनिल चौधरीले जानकारी दिए ।
वर्षाको समयमा सक्रिय हुने एडिनो भाइरस हावामा लामो समयसम्म बाँच्ने भएकाले आँखा पाक्ने रोगीको संक्रमण बढी हुने विज्ञहरू भनाइ छ ।
आँखा पाक्ने तथा आँखा रातो हुने रोगको प्रकोप बढ्दा स्थानीय अस्पतालहरुमा त्यस्ता बिरामीको भीड बढ्ने गरेको छ । हरिपुर्वा नगरपालिकामा गाउँ घर घुम्ने स्वास्थ्यकर्मी तपेश्ववर साहको अनुसार अहिले आँखा पाक्ने रोगी घर घरमा भएको र यो सरुवा रोग जस्तो भएको कारण अधिकांश घरमा पुरै परिवारलाई नै रोग देखा परेको छ ।
केही पालिकाले रोग उपचार र नियन्त्रणको लागि आँखा शिविर सञ्चालनको तयारी गरिरहे पनि हरिपुर्वा नगरपालिकाले अहिलेसम्म कुनै निर्णय नभएको स्वास्थ्य संयोजक राम एकबाल रायले बताए ।
आँखा रातो हुने, चिलाउने वा चिपचिप गर्ने बित्तिकै औषधी आफैं लगाउँदा आँखामा जटिल समस्या आउने भएकाले स्वास्थ्यकर्मीको सुझावबिना औषधी प्रयोग नगर्न स्वास्थ्यकर्मी लालबाबु रायले सुझाव दिए ।
उनले भने,‘इन्फेक्सन विभिन्न कारणले हुने हुँदा सम्बन्धित अस्पतालमै गएर आँखा परीक्षा गराउनुपर्छ,आँखाको भाइरल एउटा परिवारमा देखिए सबैमा सर्न सक्नेभएकाले सरसफाइमा ख्याल गर्नुपर्छ । दैनिक सफा पानी ५/७ पटक आँखा सफा गर्नुपर्छ । समयमा उपचार गरे तीन/चार दिनभित्र निको हुने गरेको छ ।’
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij