Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

माल्दिभ्समा कोरोना संक्रमण बढेसँगै स्वास्थ्यकर्मीको अभाव  

माल्दिभ्समा कोरोना संक्रमण बढेसँगै स्वास्थ्यकर्मीको अभाव  

  • 841
    SHARES
  • माल्दिभ्समा कोरोना संक्रमण बढेसँगै स्वास्थ्यकर्मीको अभाव  

    माले । हिन्द महासागरमा १४०० भन्दा बढी टापुहरुको देश माल्दिभ्समा पुनः कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा प्रशिक्षित स्वास्थ्यकर्मीको अभाव हुन थालेको छ । केही समयअघिसम्म त्यहाँ कोरोना नियन्त्रणमा रहेको बताइएपछि पर्यटकहरु जान सुरु गरेका थिए । तर पछिल्लो महिना त्यहाँ जनसंख्या र प्रतिव्यक्तिको अनुपातमा विश्वको सबैभन्दा धेरै संक्रमित भेटिएका थिए ।

    त्यहाँको सबैभन्दा ठूलो उपचार केन्द्रमा ३०० शय्या रहेका छन् । त्यहाँ अक्सिजनको व्यवस्था गरिए पनि नर्सको अभाव छ । मालेको स्वास्थ्य केन्द्रका प्रमुख मारिया सइदका अनुसार जनरल वार्डमा २० बिरामीका लागि एक जनामात्र नर्स रहेका छन् । माल्दिभ्सको जनसंख्या ५ लाख ४० हजार छ ।

    स्वास्थ्य उपचारका लागि माल्दिभ्सका अधिकांश मानिसहरु भारत र बंगलादेशमा निर्भर छन् । तर यी देशहरूमा पनि कोरोना संकटका कारण स्वास्थ्य प्रणालीमा पहिले नै थप बोझ रहेकाले माल्दिभ्समा सहयोग पुर्याउन गाह्रो छ ।

    माल्दिभ्समा चिकित्सा विद्यार्थीहरूलाई काम गर्न पनि बोलाउन सकिदैँन । त्यहाँ केवल एक मेडिकल विश्वविद्यालय छ । कोरोना संक्रमण बढेसँगै माल्दिभ्स सरकारले जुनको अन्त्यसम्ममा भारत, बंगलादेश र श्रीलंकाजस्ता छिमेकी देशहरूबाट ४० डाक्टर र १०० नर्स भर्ना गर्ने विचार गरिरहेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij