Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

छुट्टाछुट्टै घटनामा एक किशोरीसहित २ जनाको मृत्यु

छुट्टाछुट्टै घटनामा एक किशोरीसहित २ जनाको मृत्यु

  • 333
    SHARES
  • छुट्टाछुट्टै घटनामा एक किशोरीसहित २ जनाको मृत्यु

    काठमाडौं । सर्लाहीको गोडैता नगरपालिका-१० मा घोंगी टिप्न गएकी एक बालिकाको शनिबार बिहान खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको छ ।

    बाटो बनाउनका लागि खनिएको खाल्डोमा जमेको पानीमा घुोंगी खोज्न गएकी स्थानीय रामप्रवेश महतोकी छोरी १३ वर्षीया नेहा कुमारीको डुबेर मृत्यु भएको हो ।

    घटनालगत्तै बालिकालाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेका प्रहरी नायब उपरीक्षक थारुले बताए ।

    त्यस्तै आजै सर्लाहीको बलरा नगरपालिका-१ हथिऔलमा  चट्याङ लागेर एक जनाको ज्यान गएको छ ।

    शनिबार  दिउँसो खेतमा भैंसी चराइरहेका बेला पानीसँगै परेको चट्याङ लागेर ४६ वर्षीय अर्जुन पटेलको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ ।

    चट्याङ लागेर भैंसी पनि मरेको छ । मृतकको शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल मलंगवा पठाएको छ ।

  • सम्बन्धित विषय:

  • # मृत्यु

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij