Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

खोलाले बस बगायो

खोलाले बस बगायो

  • 274
    SHARES
  • खोलाले बस बगायो

    चितवन । माडी नगरपालिका वडानम्बर ८ र ९ को सिमानामा पर्ने घागर खोलाले बस बगाएको छ ।

    बगहिबाट आज बिहान नारायणगढका लागि आउँदै गरेको ना ४ ख १९४७ नम्बरको बस खोला तर्ने क्रममा पानीको बहाव बढ्न गई अनियन्त्रित भई पल्टिएको हो ।

    बिहान ११ः१० बजे घटना भएको हो । बसमा सवार चालक र सहचालकको सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।

    उनका अनुसार खोलामा बस फसेपछि निकाल्ने क्रममा खोलाले बसलाई पल्टाएको हो । खोलाले बगाएको बस घटनास्थलमा नै रहेको उनले बताए ।

  • सम्बन्धित विषय:

  • # खोला

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij