मुकेश झा
सर्लाही । सर्लाहीको बयलबासमा मोटरसाइकल दुर्घटनामा परेर राष्ट्रिय अनुसन्धान विभागका अधिकृतको मृत्यु भएको छ ।
दुर्घटनामा परी ज्यान जानेमा ईश्वरपुर नगरपालिका-६, घर भई हाल राष्ट्रिय अनुसन्धान विभाग मलंगवामा कार्यरत अधिकृत वसन्त साह रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ ।
साह सवार बाग्मती प्रदेश ०२-०१६ प ००७१ नम्बरको मोटरसाइकल मंगलबार राति फुलजोर-त्रिभुवननगर सडकखण्ड अन्तर्गत खोरिया पुल नजिक दुर्घटनामा परेको थियो ।
स्थानीयले मोटरसाइकल पल्टिएको ठाउँदेखि केही पर आज बुधबार बिहान साहको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
दुर्घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij