वेबटिभी खबर
काठमाडौंं । राष्ट्रपति विद्यादेवी भण्डारीले गृहमन्त्रीसहित चारवटै सुरक्षा निकायका प्रमुखसँग छलफल गरेकी छिन् ।
भण्डारीले शुक्रबार अपराह्न राष्ट्रपति कार्यालय शीतल निवासमा गृहमन्त्री खगराज अधिकारीसहित नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा, नेपाल प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेशप्रसाद अधिकारसँग छलफल गरेकी हुन् ।
उनीहरूबीच अपराह्न ४ बजेदेखि साढे ५ बजेसम्म छलफल भएको बताइएको छ । छलफलमा राष्ट्रपतिले पछिल्लो राजनीतिक घटनाक्रम, बर्खायाम सुरु भएसँगै बढ्दै गएको बाढी र पहिरोजन्य प्राकृतिक प्रकोपका विषयका साथै २७ कात्तिक र ३ मंसिरमा तोकिएको निर्वाचनका बारेमा चासो राखेकी छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij