वेबटिभी खबर
फाइल तस्बिर
काठमाडौं । समाजवादी मोर्चाको बैठक बुधबार अपराह्न ४ बजे बस्ने भएको छ । गठबन्धनको उद्देश्य र औचित्यबारे प्रकाश पार्न सातै प्रदेशमा गरिने कार्यक्रमको तयारीबारे छलफल गर्न मोर्चाको बैठक बस्न लागेको हो ।
बैठक एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगर, तीनकुनेमा बस्न लागेको हो ।
समाजवादी मोर्चाले आगामी दोस्रोसाता मोर्चा गठनको उद्देश्य, कार्यनीति, कार्यदिशाबारे जानकारी गराउने उद्देश्यले सातै प्रदेशमा कार्यक्रम गर्ने तयारी गरिरहेको छ ।
समाजवादी मोर्चाले सदस्य दलहरूबाट एक–एकजना प्रतिनिधि रहेको एउटा कार्यदल बनाएको थियो ।
मोर्चाको कार्यदिशा, समाजवादी आन्दोलनको स्वरूप तयार पार्न गठन गरिएको कार्यदलले तयार पारेको दस्तावेजमाथि पनि आज छलफल हुनेछ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij