Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

लुम्बिनी प्रदेश सभा : सरकार र विपक्षीबीच सहमति

लुम्बिनी प्रदेश सभा : सरकार र विपक्षीबीच सहमति

  • 188
    SHARES
  • लुम्बिनी प्रदेश सभा : सरकार र विपक्षीबीच सहमति

    दाङ । लुम्बिनी प्रदेश सरकारले प्रदेश सभामा प्रस्तुत गरेको बजेटका विषयमा असहमत प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) र सरकारबीच सहमति भएको छ ।

    बजेट उपर असहमति जनाएर लगातार सदन अवरूद्ध गर्दै आएको प्रमुख प्रतिपक्षी दल एमालेले प्रदेश सभाको मंगलबार बसेको दोस्रो बैठकमा पनि विरोध जनाएको थियो । बहिष्कारपछि गए राति दुवै पक्षबीच वार्ता भएको थियो ।

    दुवै पक्षबीच राति भएको वार्तामा विपक्षी दलले उठाएका विषय मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेश सभामा सम्बोधन गर्ने र विपक्षीले पनि आजदेखि प्रदेश सभाको बैठक सञ्चालन गर्न दिने सहमति भएको लुम्बिनी प्रदेशमा एमाले प्रमुख सचेतक रहेका तुलसी चौधरीले जानकारी दिए ।

    बैठक बहिष्कार गरेर बाहिरिएको एमालेसँग मुख्यमन्त्री चौधरी र सभामुख तुलाराम घर्तीले वार्ता गरेर सहमति जुटाएका हुन । वार्तामा विपक्षी दलका नेता लीला गिरी, उपनेता चेतनारायण आचार्य र प्रमुख सचेतक चौधरी सहभागी थिए ।

    सत्तापक्ष र प्रमुख प्रतिपक्षबीच सहमति भएपछि मंगलबार स्थगित प्रदेश सभा आजका लागि बोलाइएको छ । प्रदेश सभा सचिव दुर्ललकुमार पुनमगरले मंगलबार स्थगित भएको प्रदेश सभाको दोस्रो अधिवेशनको १७औँ बैठक आज दिउँसो १ः०० बजेका लागि बोलाइएको सूचना जारी गरेका छन ।

    उनले सभामुखको निर्देशनानुसार प्रदेशसभा नियमावलीको नियम १२ को उपनियम ३ बमोजिम बैठक बोलाइएको सूचनामा उल्लेख छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij