Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

यसरी गरौँ रक्तचाप नियन्त्रण

यसरी गरौँ रक्तचाप नियन्त्रण

  • 258
    SHARES
  • यसरी गरौँ रक्तचाप नियन्त्रण

    काठमाडौं । उच्च रक्तचापलाई समयमै नियन्त्रणमा नलिए मानिसको ज्यानै लिनसक्ने सम्भावना हुन्छ । यसलाई ‘साइलेन्ट किलर’ रोग पनि भनिन्छ । यसका प्रारम्भिक लक्षणहरू थाहा नहुन सक्ने भएकाले बेला बेलामा यसको जाँच गराइरहनु पर्छ ।

    उच्च रक्तचाप भएको धेरै ढिला थाहा हुँदा यसले हानी गरिसकेको हुनसक्छ । खासगरि खानपान र अस्वस्थकर जीवनशैलीका कारण उच्च रक्तचाप हुने गर्छ । त्यसबाहेक वंशानुगत गुणले पनि यो रोग लाग्ने सम्भावना उत्तिकै हुन्छ ।

    रक्तचाप कसरी नियन्त्रण गर्ने ?

    रक्तचाप नियन्त्रण गर्ने धेरै तरिकाहरू छन् । जसमा पहिलो उपाय भनेको आफ्नो आहारमा ध्यान दिनु हो । आफूले खाने खानाले रक्तचापालाई प्रत्यक्ष असर गरेको हुन्छ । त्यसबाहेक रक्तचाप घटाउन नियमित व्यायाम पनि प्रभावकारी हुन्छ । रक्तचाप घटाउन खानपानबारे यहाँ केही सुझाइएको छः

    तौल घट्ने खाना खाने

    उच्च रक्तचापको समस्या अधिकांश मोटोपनाबाट पीडित व्यक्तिलाई हुने गर्छ । त्यसैले यो समस्याबाट बच्न तौल घटाउनु पर्छ । त्यसका लागि आफ्नो आहारमा कम क्यालोरी, अधिक प्रोटिन र फाइबर भएका खानाहरू खानुपर्छ । तौल घटाउने आहार खाने गरेमा रक्तचापको औषधि खानुपर्ने समस्याबाट मुक्ति पाउन सकिन्छ ।

    पोटासियमयुक्त खानेकुरा खाने

    पोटासियमयुक्त खानाहरूले रक्तचाप स्तर नियन्त्रण गर्न मद्दत गर्दछ । पोटासियमको कम सेवनले रक्तचाप बढाउँछ। पोटासियमले रक्तनलीहरुलाई आराम प्रदान गर्छ । पोटासियम पाउनका लागि खानामा पालक, ब्रोकाउली, किवीजस्ता खानेकुरा आहारमा समावेश गर्नुहोस् ।

    यी खानेकुराले रक्तचाप कम गर्छ

    फलफूल र तरकारीहरू बाहेक अनाजको पीठो, जईको पीठो र जौको पीठो राम्रो हुन्छ । मसलामा धनियाँ, अलैंची, बेसार र लसुनले रक्तचाप नियन्त्रण गर्न मद्दत गर्छ । ज्वानोको झोल, सादा लेमोनेड, मेथी भिजाएको पानी, माछा, ओखर खाँदा रक्तचाप सन्तुलनमा ल्याउन सहज हुन्छ ।

    साथै मदिरा र सुर्तिजन्य पदार्थको सेवन बन्द गर्नुपर्छ । साथै नुनले रक्तचाप बढाउने हुँदा त्यसको सेवन घटाउनु पर्छ ।

  • सम्बन्धित विषय:

  • # रक्तचाप

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij