Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

मेलम्चीका बाढीपीडितलाई राहत बाँड्न अनेरास्ववियू टोली काठमाडौंबाट हिँड्यो

मेलम्चीका बाढीपीडितलाई राहत बाँड्न अनेरास्ववियू टोली काठमाडौंबाट हिँड्यो

  • 1.6K
    SHARES
  • मेलम्चीका बाढीपीडितलाई राहत बाँड्न अनेरास्ववियू टोली काठमाडौंबाट हिँड्यो

    काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची बजारका बाढीपीडितलाई राहत बाँड्न नेकपा एमालेसम्वद्ध अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का नेताहरु त्यसतर्फ प्रस्थान गरेका छन् ।

    मंगलबार साँझदेखि परेको अविरल वर्षाका कारण सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रवती नदीमा बाढी आएपछि मेलम्ची बजारक्षेत्रसहित जिल्लाका अधिकांश स्थानमा भौतिक र मानवीय क्षति भएको छ ।

    एमालेका महासचिव ईश्वर पोखरेलको निर्देशनमा अनेरास्ववियुका नेताहरु बाढी, पहिरोपीडितलाई राहत सामग्री बाँड्न पार्टीको केन्द्रीय कार्यालय थापाथलीबाट सिन्धुपाल्चोक लागेका हुन् ।  

    राहत बाँड्न जानका लागि उनीहरुलाई बुधबार अपरान्ह महाससचिव पोखरेलले पार्टी कार्यालयबाट बिदाइ गरेका छन् । 

    ‘सिन्धुपाल्चोकका बाढी र पहिरो पीडितको उद्धार र राहतमा अनेरास्ववियुले कुशलतापूर्वक भूमिका खेल्ने विश्वास लिएको छु,’ पूर्वउपप्रधानमन्त्रीसमेत रहेका पोखरेलले बताए । 

    पोखरेलले प्राकृतिक विपत्तिमा परेका नागरिलाई राहत र उद्धार गर्न एमाले कार्यकर्तालाई संगठित भएर लाग्न निर्देशनसमेत दिएका छन् ।  

    ‘प्राकृतिक विपत्तिको यस घडीमा एमालेका सम्पूर्ण नेता तथा कार्यकर्ताहरूलाई पीडितहरूको राहत र उद्धारका लागि संगठित ढंगले सहयोग पुर्याउन र आफ्नो संगठित शक्तिलाई परिचालित गर्न आह्वान गर्दछु,’ पोखरेलले फेसबुकमार्फत भनेका छन् ।

    बुधबार दिउँसो पनि महासचिव पोखरेलले पार्टीका तर्फबाट कार्यकर्तालाई यस्तै निर्देशन दिएका थिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij