Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

खानेपानी, नदी नियन्त्रण र सिँचाइ आयोजना निर्माणका लागि १४ करोड बजेट विनियोजन

खानेपानी, नदी नियन्त्रण र सिँचाइ आयोजना निर्माणका लागि १४ करोड बजेट विनियोजन

  • 213
    SHARES
  • खानेपानी, नदी नियन्त्रण र सिँचाइ आयोजना निर्माणका लागि १४ करोड बजेट विनियोजन

    कास्की । आगामी आर्थिक वर्ष २०८०/८१ का लागि गण्डकी प्रदेश सरकारबाट म्याग्दीमा खानेपानी, नदी नियन्त्रण र सिँचाइ आयोजना निर्माणका लागि १४ करोडभन्दा बढी बजेट विनियोजन भएको छ ।

    खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय म्याग्दीमार्फत कार्यान्वयन हुने गरि उर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले ९५ वटा योजना तथा कार्यक्रमका लागि १४ करोड ३५ लाख बजेट विनियोजन गरेको हो ।

    खानेपानी र सिँचाइ सुविधा विस्तार तथा कटानको जोखिमयुक्त बस्ती संरक्षणका लागि बजेट विनियोजन भएको म्याग्दी प्रदेशसभा क्षेत्र (क) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य हरि भण्डारीले जानकारी दिए ।

    गण्डकी प्रदेशको आर्थिक मामिला मन्त्रालयले सार्वजनिक गरेको योजनाको विवरणअनुसार आगामी वर्ष म्याग्दीका ११ वटा नदी नियन्त्रण योजनालाई दुई करोड साठी लाख, ३५ वटा सिँचाइ योजनालाई चार करोड ८० लाख र ४९ वटा खानेपानीका योजनालाई छ करोड ५० लाख विनियोजन भएको छ ।

    एउटा एउटा तथा कार्यक्रमका लागि न्यूनतम दश लाखदेखि अधिकतम ४५ लाखसम्म बजेट विनियोजन भएको छ । खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीका अनुसार चालु आव २०७९/०८० मा म्याग्दीका ९९ वटा योजनाका लागि १२ करोड बजेट विनियोजन भएको थियो ।

    देशका धेरै जिल्लामा बजेट घटे पनि म्याग्दीमा कार्यान्वयन हुने योजनाका लागि गत वर्षको तुलनामा करिब दुई करोड ५० लाख बजेट बढेको हो ।

    बेनी नगरपालिका, मंगला र मालिका गाउँपालिकामा म्याग्दी नदी नियन्त्रणमा ४५ लाख, मंगला गाउँपालिकाको सिमलचौर, ताराखेत, बाबियाचौर पिपलबोट क्षेत्रमा म्याग्दी नदी नियन्त्रण, मालिका गाउँपालिकाको दरवाङ बजार संरक्षण, बेनी नगरपालिका-४ को सिंगा तातोपानी तटबन्ध तथा संरक्षण, मंगला गाउँपालिका म्याग्दी नदी तटबन्धका लागि २५/२५ लाख र बेनपा ८ कालीपुल बारी जलजला-३ कालीगण्डकी किनारमा पहिरो र कटान संरक्षणका लागि ३० लाख विनियोजन भएको छ ।

    बेनपा-४ को नयाँपुल सुर्केमेला म्याग्दी खोला बस्ती संरक्षणका लागि २० लाख, मङ्गला-२ सिम बगर म्याग्दी नदीमा तटबन्ध, उपल्लो तातोपानी बजार संरक्षण, बेनपा-२ को कारागार भवन तथा बस्ती संरक्षण तटबन्धका लागि दश/दश लाखका दरले विनियोजन भएको छ ।

    सिँचाइतर्फ रघुगंघा-१ को बादुक, बेनपा-१ र २ को अधेरीखोला ठूलोखोला सिदाली बरडाडा सिँचाइ कुलो, मालिका-५ को गौराखोला, बेनपा-४ को सामतुङ सिँचाइ आयोजना र सिँचाइ प्रणालीको मर्मत सुधार कार्यक्रमका लागि २०/२० लाख बजेट विनियोजन भएको छ ।

    १५ लाखका दरले बजेट विनियोजन हुनेमा मङ्गला-५ को हिल्वाङखोला खोरलाई, मालिका-४ को फूलबारी, धौलागिरि-७ को हिलापोखरी, बेनपा-९ को पहेलेखोला थाकन बृहत्, बेनपा-५ को कुमाल्डी, मालिका-७ को नौलिस्नेखोला सिँचाइ आयोजना रहेका छन ।

    मङ्गला-३ को झ्याम्टे खोला मैरनी साँझादह, मङ्गला-२ को रणवाङ, रघुगङ्गा-३ को राखु पिप्ले, मङ्गला-५ को महखोला, मङ्गला-२ को तल्लो ओखलढुंगा गडहरेखोला, मालिका-४ को फूलबारी, मङ्गला-३ को पखेर, रघुगंगा-४ को दर्मिजा सिँचाइ योजनालाई दश/दश लाख र बेनपा-१ को २०२३ साले सिँचाइ कुलोलाई १२ लाख विनियोजन भएको छ ।

    बेनी-४ को मथुराखोला फापरचौर, रघुगङ्गा-२ को चुनपोल्ने ठाडीखोरीया पहिरा, मङ्गला-३ को झ्याप्रे बिसौनी, मालिका-३ को छेरवाङखोला औल, मङ्गला-५ को पोक शेराफाँट, मालिका-१ को खोप्टीखोला, मङ्गला-५ को छिस्वाङ, मालिका-७ को बेल्फी लुर्वाङ, मङ्गला २ को तोराखेत, मालिका ४ को बुकेनी, बेनपा-१ को तेइससाले सिँचाइ कुलो मर्मत, बेनपा-२ को बगरफाँट लिफ्ट, मालिका-१ को केश, मङ्गला-२ को घोरेनी कोत्रवाङ सिम, बेनपा १ को उपल्लोचौर नहर तथा संरचना निर्माण, रघुगङ्गा-१ को बेगखोला सिँचाइ आयोजनालाई दश/दश लाखका दरले बजेट विनियोजन भएको छ ।

    खानेपानीतर्फ मङ्गला-१ को कुहुँलाई ३० लाख, रघुगङ्गा-२ को बनाखी, रिसिनचौतारी गुल्फु, बरखर्क एक घर एक धारा, बाङ्गेधारा, रघुगङ्गाको चिमखोला भगवती पिप्ले बृहत्, मङ्गला-३ को जुकेपानी निहुँखोला बनाहा आल्टे, भकिम्ली एक घर एक धारा, खानेपानी आयोजनालाई २०/२० लाख विनियोजन भएको छ ।

    बेनी-५ लिफ्ट, बेनपा ९ को घतान काउलेगौडा खानेपानी आयोजना र रघुगङ्गा-२ को सिजलगाउँ चुनेपानी खानेपानी आयोजनालाई १५/१५ लाख विनियोजन भएको छ । बेनपा-३ को डाडाखानी, भुकभुके, बेनपा-९ ढावाको सौरबोट, अन्नपूर्ण गाउँपाकिलाको लहरेनी पाउद्वार, बेनपा-९ को खसपधेरा, रघुगङ्गा-२ को रुइसेटोल खानेपानी सुधार, रघुगङ्गा ६ को फूलडाँडा औलागाउँ, रघुगङ्गा ३ को पिप्ले, मङ्गला-३ को याङगुङ, बेनपा ३ को डाँडाखानी खानेपानी मर्मत, मङ्गला १ को काउले खानेपानी मर्मत, मङ्गला ३ र ४ को सेफल काल्ला धारो ढुंगा, मालिका १ को दासटोल, मालिका-५ को देविस्थान, मालिका-६ को दरवाङ, मालिका ५ को गरजरा, मङ्गला-५ को छिसवाङ, बेनपा ४ के डाँडाखेत, अन्नपूर्ण ५ को तल्लो र उपल्लो शिख, बेनपा-६ को अमराई, बेनपा १० को ओखले, बेनपा ४ को भालुदुला, बेनपा १० को नेपाने र रघुगङ्गा ४ को दग्नाम खानेपानी आयोजनालाई दश÷दश लाखका दरले विनियोजन भएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij