वेबटिभी खबर
काठमाडौं । मंगलबार बिहानदेखि परेको पानीले बाढीको तह बढेपछि कोशी ब्यारेजको १२ ढोका खोलिएको छ ।
अहिले कोशीमा पानीको बहाव ६१ हजार १ सय ४५ क्युसेक रहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिएका छन् ।
‘पानीको बहाव बढिरहेको छ । खतराको सम्भावनालाई मध्यनजर गर्दै नदी किनार आसपासको क्षेत्रमा हामीले निरन्तर अवलोकन गरिरहेका छौं । अहिलेसम्म कोशीले खतराको तह पार गरेको छैन,’ उनले भने ।
सप्तकोशीमा मिसिने इन्द्रावती नदीमा पानीको बहाव बढेपछि सिन्धुपाल्चोकको मेलम्ची बजार क्षेत्र मंगलबार राति नै ढुवानमा परेको छ भने ठूलो जनधनको क्षति भएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij