Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

पटक-पटक हामी सरकारमा गएको मतदातालाई चित्त बुझेन, गल्ती भयोः अध्यक्ष थापा

पटक-पटक हामी सरकारमा गएको मतदातालाई चित्त बुझेन, गल्ती भयोः अध्यक्ष थापा

  • 839
    SHARES
  • पटक-पटक हामी सरकारमा गएको मतदातालाई चित्त बुझेन, गल्ती भयोः अध्यक्ष थापा

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले कतिपय मानिसहरूमा पार्टीबारे अझै पनि भ्रम रहेको भन्दै स्पष्ट पारेका छन् । आफूहरू पटक-पटक सरकारमा जाँदा गल्ती भएको बताउँदै अध्यक्ष थापाले अब गल्ती नदोहोरिने बताएका छन् ।

    ‘कतिपयमा राप्रपाबारे अझै भ्रम रहेको पाइन्छ । त्यसैले दोहोराएर स्पष्ट पार्न चाहन्छु । पटक-पटक हामी सरकारमा गएको मतदातालाई चित्त बुझेन, त्यो प्रत्युत्पादक भयो, गल्ति भयो, अब गल्ति नदोहोरिने छैन,’ पूर्वमन्त्रीसमेत रहेका थापाले मंगलबार सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् । 

    अध्यक्ष थापाले सरकारमा गए राप्रपाले एक निमेष पनि राजसंस्था र हिन्दुराष्ट्रको एजेण्डा नछोड्ने स्पष्ट पारे ।  

    पार्टी जोगाउन सकिए राजसंस्थासहितको प्रजातन्त्र र हिन्दुराष्ट्र स्थापना हुन समय लाग्दैनः कमल थापा पार्टी जोगाउन सकिए राजसंस्थासहितको प्रजातन्त्र र हिन्दुराष्ट्र स्थापना हुन समय लाग्दैनः कमल थापा

     

  • सम्बन्धित विषय:

  • # कमल थापा

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij