वेबटिभी खबर
कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनीमा अवैध रूपमा औषधि पसल सञ्चालन गर्ने ९ भारतीय नागरिक पक्राउ परेका छन् । उनीहरूलाई बुधबार पक्राउ गरिएको हो ।
दोधारा चाँदनी नगरपालिकाभित्र अवैधरूपमा औषधि पसल सञ्चालन गरेर औषधि बिक्री वितरण गर्दैआएका नौ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भरतराज गिरीले जानकारी दिए ।
उनले भने, ‘नौ भारतीय नागरिकलाई औषधिसहित नियन्त्रणमा लिएका छौँ । उनीहरुमाथि अनुसन्धान गरी कारबाहीका लागि स्वास्थ्य विभाग पठाउँछौँ ।’
पक्राउ पर्नेमा भारतको उधमसिंह नगरका सञ्जय विश्वास, कार्तीक सरदार, रवि विश्वास, निवास गाइन, निरन्जन अधिकारी र भूपेन्द्र पुरी तथा भारत पिलिभितका राजेश विश्वास, सन्तोष सरकार र सुधान्सु हल्दार रहेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij