Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

खोप माग्दै रेष्टुरेन्ट व्यावसायीले बुझाए स्वास्थयमन्त्रीलाई ज्ञापनपत्र

खोप माग्दै रेष्टुरेन्ट व्यावसायीले बुझाए स्वास्थयमन्त्रीलाई ज्ञापनपत्र

  • 833
    SHARES
  • खोप माग्दै रेष्टुरेन्ट व्यावसायीले बुझाए स्वास्थयमन्त्रीलाई ज्ञापनपत्र

    काठमाडौं । कोरोनाविरुद्धको खोप माग्दै रेष्टुरेन्ट व्यावसायीले स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङलाई  ज्ञापनपत्र बुझाएका छन् ।

    निषेधाज्ञाका कारण व्यावसाय घाटामा गएको अवस्थामा रेष्टुरेन्ट क्षेत्रमा कार्यरत मजदुरले खोप नपाउँदा दोहोरो मार परेको भन्दै व्यवसायीले स्वास्थ्यमन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन् ।

    ‘कोरोनाले रेष्टुरेन्ट व्यवसाय तथा यसमा आवद्ध श्रमिकहरू विशेष मारमा परेको र जीवनयापन गर्न असहज वातावरण सिर्जना भएको जानकारी गराउँदै उनीहरूको हक हित र सुरक्षाका लागि सम्पूर्ण श्रमजीविलाई यथाशीघ्र प्राथमिकतामा राखेर कोरोनाविरुद्धको खोप उपलब्ध गराउन माग गर्दछौं,’ ज्ञापनपत्रमा उल्लेख छ ।

    स्वास्थ्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन समुहका संस्थापक वसन्त लामाले भने, ‘गत वर्षदेखि नै हामी लक डाउनको मार खेपिरहेका छौ । त्यसमाथि हाम्रा श्रमजीवी समयमै खोप नपाउँदा हाम्रो व्यवसाय र लाखौं मानिसको जीवन असुरक्षित भएको छ ।’

    विभिन्न उमेर समुह र फ्रन्ट लाइनरले खोप पाउँदा मुलुकको आर्थिक क्षेत्रमा ठूलो योगदान गर्ने रेष्टुरेण्ट क्षेत्रलाई भने ओझेलमा पारिएको प्रति गुनासो पनि गरेकाछन् । ‘हाम्रा श्रमजीवीले समयमा खोप नपाउँदा हाम्रो व्यावसायसँगै मजदुर र करोडौं उपभोक्ताको पनि जीवन जोखिममा परेको छ,’ व्यवसायी पासाङ घिसिङले बताए । 

    ज्ञापनपत्र बुझ्दै स्वास्थ्यमन्त्री तामाङले अबको चरणमा रेष्टुरेन्ट र पर्यटन क्षेत्रका मजदुरलाई विशेष प्राथमिकतामा राखिने बताए । उनले भने, ‘पहिलो चरणमा विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार उमेर समुह र फ्रन्ट लाइनरलाई खोप लगायौं । अबको चरणमा रेष्टुरेन्ट र पर्यटन क्षेत्रका मजदुरलाई विशेष प्राथमिकतामा राखिनेछ ।’ 

    रेष्टुरेन्ट व्यवसायी र त्यस क्षेत्रमा कार्यरत मजदुरलाई खोप लगाउने विषयमा मन्त्रालय छलफल गरिरहेको समेत बताए । होटल तथा रेष्टुरेन्टबाट ६ लाख भन्दा धेरै मानिसले प्रत्यक्ष रोजगारी पाएका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij