Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ११औँ पटक सफल कलेजो प्रत्यारोपण

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ११औँ पटक सफल कलेजो प्रत्यारोपण

  • 295
    SHARES
  • सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ११औँ पटक सफल कलेजो प्रत्यारोपण

    काठमाडौं । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले ११औँ पटक कलेजोको सफलतापूर्वक प्रत्यारोपण गरेको छ ।

    कलेजो तथा मिर्गौला प्रत्यारोपण शल्य चिकित्सक तथा केन्द्रका कार्यकारी निर्देशक डा.पुकारचन्द्र श्रेष्ठको नेतृत्व र भारतको नयाँदिल्लीस्थित म्याक्स अस्पतालबाट आएको टोलीको सहयोगमा कलेजो प्रत्यारोपण गरिएको हो ।

    कलेजो प्रत्यारोपित तथा अंगदाताको स्वास्थ्य अवस्था सामान्य रहेको डा.श्रेष्ठले जानकारी दिए । दाङ जिलाका ४२ वर्षीय बाबुराम विश्वकर्मालाई उनकी श्रीमती ३७ वर्षीया आशा सुनारले आधा कलेजो दान गरेको थियो ।

    कलेजो ग्रहणकर्ता र कलेजोदाता दुवै जनाले केन्द्रको सेवाबाट आफू अत्यन्त खुसी भएको बताए । कलेजोदाताले आफूले पूर्ण स्वस्थ्य लाभ गरेपछि सम्पूर्ण अंग मृत्युपश्चात् दान दिन इच्छा व्यक्त गरे ।

    कलेजो प्रत्यारोपणमा सर्जन डा.रोशन घिमिरे, डा.सपना बर्मा, डा.ललितकुमार दास, कलेजो फिजिसियन डा.कर्ण राजवंशी, एनेस्थेसिया तथा क्रिटिकल केयरमा डा.आरती राई, डा.निभा श्रेष्ठ, डा.शोभित थापा, डा.रेखा श्रेष्ठ, डा.रश्मित श्रेष्ठ र डा.शिवसुन्दर संलग्न थिए ।

    मुलुकमै पहिलोपटक कलेजो प्रत्यारोपण सुरु गरेको केन्द्रले हालसम्म ११ जनाको प्रत्यारोपण गरिसकेको छ । हालसम्म आठ जनामा जीवित दाताबाट र तीन जनामा मस्तिष्क मृत्युबाट प्राप्त कलेजो प्रत्यारोपण गरिएको छ ।

    केन्द्रमा जम्मा १५ लाखमै कलेजो प्रत्यारोपण हुने गरेको केन्द्रका निर्देशक डा.श्रेष्ठले जानकारी दिए । यस केन्द्रमा १० वर्षको अवधिमा एक हजार ६६ जनाको मिर्गौला प्रत्यारोपणसमेत गरिएको उनले बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij