Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

धनुषामा डुबेर मृत्यु भएका पाँच बालिकाको परिवारलाई प्रदेश सरकारले जनही एक लाख राहत दिने 

धनुषामा डुबेर मृत्यु भएका पाँच बालिकाको परिवारलाई प्रदेश सरकारले जनही एक लाख राहत दिने 

  • 839
    SHARES
  • धनुषामा डुबेर मृत्यु भएका पाँच बालिकाको परिवारलाई प्रदेश सरकारले जनही एक लाख राहत दिने 

    जनकपुर । धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका-६ स्थित पोखरीमा डेबेर मृत्यु भएका पाँच बालिकाको परिवारलाई प्रदेश २ सरकारले जनही एक लाख राहत दिने भएको छ ।

    घर नजिकको पोखरीमा नुहाउन जाँदा शुक्रबार एकै गाउँका पाँच बालिकाको डुबेर मृत्यु भएको थियो । यो घटनाले अहिलेसम्म पुरै गाउँ शोकमा डुबेको छ ।

    पोखरीमा डुबेर पल्टु यादवकी १२ वर्षीया छोरी लक्ष्मीनिया, जोगिन्द्र भगतकी १० वर्षीया छोरी चन्द्रकुमारी, राजगिर पूर्वेकी १३ वर्षीया छोरी मञ्जु, जगरनाथ ठाकुरकी १२ वर्षीया छोरी चान्दनी र उतिम साह तेलीकी १२ वर्षीया नातिनी ललिताको मृत्यु भएको थियो ।

    मृत्यु भएका पाँच बालिकाका परिवारलाई प्रदेश नं २ सरकारले राहतस्वरूप जनही एक लाख दिने घोषणा सरकारका तर्फबाट नवनियुक्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री रामसरोज यादवले गरे । उनी सोही क्षेत्रबाट निर्वाचित भएक हुन् । 

    प्रादेशिक अस्पतालमा मृतक बालिकाको शव परीक्षणपश्चात परिवारलाई जिम्मा लगाउने बेला अस्पताल पुगेर मन्त्री यादवले पीडित परिवारजनलाई भेटेर समवेदना प्रकट गर्दै राहत रकमको घोषणा गरेका थिए ।

    सोही क्षेत्रबाट एमालेकी समानुपातिक सांसद तथा निर्वतमान महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुली महतोले गाउँमै पुगेर पीडित परिवारलाई किरिया खर्चका लागि जनही १० हजार सहयोग गरेकी छिन् । 

    सोही क्षेत्रबाट जितेका संघीय सरकारका उपप्रधानमन्त्री राजेन्द्र महतोले भने शोक सन्देशमात्र जारी गरेका छन् । 

    पोखरीमा डुबेर पाँच बालिकाको मृत्यु पोखरीमा डुबेर पाँच बालिकाको मृत्यु

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij