Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

रुकुमपश्चिमको विकट वडामा पुग्यो गाडी

रुकुमपश्चिमको विकट वडामा पुग्यो गाडी

  • 222
    SHARES
  • रुकुमपश्चिमको विकट वडामा पुग्यो गाडी

    रुकुम । रुकुमपश्चिमको आठविसकोट नगरपालिका-१ मा पहिलोपटक गाडी पुगेको छ ।

    जिल्लाकै विकट वडा सडक सञ्जालसँग जोडिएको हो । उक्त सडक निर्माणका लागि २०७८ सालमा हेलिकप्टरमार्फत डोजर ढुवानी गरिएको थियो ।

    गाउँमा पहिलोपटक गाडी पुग्दा स्थानीयवासी खुसी भएका छन । पहिलोपटक वडा नं १ मा पुगेका दुईवटा ट्रयाक्टर र डोजर पुगेपछि स्थानीयवासीले चालक र जनप्रतिनिधिलाई फूलमालाले स्वागत गरेका छन् भने नाचगान गरेर खुसियाली साटेका थिए ।

    आठबिसकोट-१ का वडाअध्यक्ष देवबहादुर घर्तीका अनुसार चट्टानी क्षेत्र धेरै भएकाले दुई वर्षसम्म भिर फुटाउन नसक्दा वडा नं १ र २ का नागरिक सडक सञ्जालमा जोडिन सकेका थिएनन् ।

    वडामा सवारी साधन पुगेसँगै आवतजावतमा सहज भएको छ । वडाध्यक्ष घर्तीले पालिकाको सबैभन्दा विकट भएको वडा सडक सञ्जालमा जोड्न सफल भएको बताए ।

    यो क्षेत्रलाई सडक सञ्जालसँग जोड्न २०७८ सालमा सडक निर्माण सामग्रीसहितको डोजर हेलिकोप्टरमार्फत ढुवानी गरिएको थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij