Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

पोखरीमा एक युवकको शव फेला

पोखरीमा एक युवकको शव फेला

  • 216
    SHARES
  • पोखरीमा एक युवकको शव फेला

    महोत्तरी । महोत्तरीको भारतीय सीमावर्ती सम्सी-६ को पोखरीमा एक युवकको शव फेला परेको छ ।

    प्रहरीका अनुसार सोही बस्तीका रामदयाल महतोका २२ वर्षीय छोरा देवेन्द्र महतोको शव पोखरीमा फेला परेको हो ।

    पोखरी डिलमा चिप्लिएर महतोको मृत्यु भएको प्रारम्भिक अनुमान गरिए पनि शव परीक्षण प्रतिवेदन प्राप्त भएपछि मृत्युको कारण यकिन हुने जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक प्रकाश मल्लले बताए ।

    शव परीक्षणका लागि जिल्ला सदरमुकाम जलेश्वरस्थित प्रादेशिक अस्पताल पठाइएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij