Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

राप्रपा केन्द्रीय समिति बैठक बस्दै

राप्रपा केन्द्रीय समिति बैठक बस्दै

  • 210
    SHARES
  • राप्रपा केन्द्रीय समिति बैठक बस्दै

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समितिको पूर्ण बैठक मंगलबार पनि जारी छ । सोमबारबाट सुरु भएको उक्त बैठक आज बिहान ८ बजे बस्दै छ ।

    काठमाडौंको धुम्बाबराहीस्थित पार्टी कार्यालयमा बस्ने उक्त बैठकमा आज पनि सोमबार प्रस्तुत गरिएका प्रतिवेदनमा छलफल हुने राप्रपाले जनाएको छ ।

    बैठकमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले प्रस्तुत गरेको ‘यथास्थितिवादी राजनीतिक कित्ताको एकमात्र विकल्प राप्रपा’ शीर्षकको प्रतिवेदनमाथिको पार्टीका पदाधिकारीहरूले आफ्नो धारण राखिरहेका छन् । यो बैठक भोलिसम्म चल्ने राप्रपाले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # राप्रपा

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij