वेबटिभी खबर
नवलपुर । नवलपुरको एक सामुदायिकमा चितुवा मृत फेला परेको छ । शरीरको अंग काटिएको अवस्थामा चितुवा मृत फेला परेको डिभिजन वन कार्यालयले जनाएको छ ।
देवचुली नगरपालिका-९ को घुमाउरी सामुदायिक वनमा मृत चितुवा फेला परेको हो । चार वटै खुट्टा र बंगारा काटिएको अवस्थामा बयस्क भाले चितुवा मृत फेला परेको छ ।
खुरसहितका चारवटै खुट्टा र दाह्रासहितको बंगारा नभेटिएकाले तस्कर गिरोहको संलग्नता भएको हुन सक्ने वन कार्यालयको अनुमान छ ।
कार्यालयका सहायक वन अधिकृत दिपकप्रसाद पण्डितका अनुसार अखेटोपहारको गैरकानुनी र अवैध धन्दामा संलग्न तस्करको गिरोहले मारेको हुन सक्ने अनुमान गरिए पनि थप अनुसन्धान भइरहेको छ ।
जंगलमा घाँस-दाउरा गर्न गएका महिलाको समूहले वनको धेरैभित्र अप्ठेरो खोँच (ढुंगे ओडारजस्तो ठाउँ)मा सुतिरहेको बाघ देखिएको भनी खबर गरेपश्चात् वन कर्मचारी प्राविधिकसहितको टोली घटनास्थल पुगेको थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij