वेबटिभी खबर
काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले पद तथा गोपनियताको शपथ लिँदैछन् ।
गत वैशाख १० गते सम्पन्न उपनिर्वाचनमा बारा-२ बाट बिजयी यादवले आज पद तथा गोपनियताको शपथ लिन लागेका हुन् ।
संघीय संसद् सचिवालयका दशरथ धमलाका अनुसार आज दिउँसो १ः०० बजे कानुन समितिको हल, सिंहदरबारमा सभामुख देवराज घिमिरेले पद तथा गोपनियताको शपथ गराउने छन् ।
सोही उपनिर्वाचनवाट बिजयी भएका रबि लामिछाने र स्वर्णिम वाग्लेले भने यसअघि नै सपथ ग्रहण गरिसकेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij