वेबटिभी खबर
काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिका-५ खरिपाटीस्थित सेतीदेवी सामुदायिक जंगलमा एक पुरूषको शव भेटिएको छ ।
अन्दाजी ४०÷४५ वर्षको पुरूषको शव झुण्डिएको अवस्थामा भेटिएको भक्तपुरका एसपी प्रजित केसीले जानकारी दिए ।
उनका अनुसार हरियो डोरीको पासोमा ती पुरूषको टाउको रुखमा झुण्डिएको अवस्थामा भेटिएको हो ।
शरीरको भाग भने सडेको अवस्थामा भुँईमा भेटिएको छ । घाँटीको भाग सडेर चुडिएपछि भुँईमा खसेको हुनसक्ने आशंका गरिएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij