Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

बारा-२ उपनिर्वाचन : मतान्तरलाई फराकिलो बनाउँदै उपेन्द्र यादव

बारा-२ उपनिर्वाचन : मतान्तरलाई फराकिलो बनाउँदै उपेन्द्र यादव

  • 287
    SHARES
  • बारा-२ उपनिर्वाचन : मतान्तरलाई फराकिलो बनाउँदै उपेन्द्र यादव

    काठमाडौं । बारा क्षेत्र नम्बर-२ प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणना जारी छ ।

    पछिल्लो मतगणना परिमाणअनुसार जनता समाजावदी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले अग्रतालाई फराकिलो बनाउँदै लगेको छन् ।

    जसपा अध्यक्ष यादवले १२ हजार ११९ मतका साथ अग्रता कायम लिँदा जनमत पार्टीका शिवचन्द्रप्रसाद कुशवाहाले ७ हजार ६९३ मत ल्याएर उनलाई पछ्याइरहेका छन् ।

    यस्तै नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेल ४ हजार ३२८  मतसहित तेस्रो स्थानमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    मतगणना भइरहेको जिल्ला सदरमुकाम कलैयास्थित शैक्षिक तालिम केन्द्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

    गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा बारा क्षेत्र नम्बर-२  मा जसपाबाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति पदमा निर्वाचित भएपछि सो क्षेत्रमा आइतबार उपनिर्वाचन भएको हो ।

    कुल १ लाख ५ हजार २४८ मतदाता रहेको बारा-२ मा ६५ प्रतिशत अर्थात् ६८ हजार ८८७ मतदान भएको थियो । महागढी र पचरौता नगरपालिका, करैयामाई , सुवर्ण र देवताल गाँउपालिकाको ४४  वडा समेटिएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij