वेबटिभी खबर
काठमाडौं । काठमाडौंबाट दुबईका लागि उडेको एउटा विमानको इन्जिनमा आगलागी भएको छ ।
नागरिक उड्डयन प्राधिकरण सुत्रका अनुसार एउटा इन्जिनमा आगो लागेपछि उक्त विमान आकस्मिक अवतरणको तयारीमा छ ।
काठमाडौंका उडेको फ्लाई दुवईको विमान काठमाडौंमा अवतरणको तयारी गरिरहेको छ ।
यसैबीच नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले पनि उक्त विमानको इन्जिनमा आगो लागेको जानकारी गराउँदै उक्त विमान काठमाडौंमा अवतरण गर्ने तयारी गरिरहेको बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij