Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

कर्णालीमा मन्त्रालयको संख्या आठ

कर्णालीमा मन्त्रालयको संख्या आठ

  • 258
    SHARES
  • कर्णालीमा मन्त्रालयको संख्या आठ

    सुर्खेत । कर्णाली प्रदेशमा मन्त्रालयको संख्या आठ बनाइएको छ । गत पुस २७ मा नेकपा एमाले, नेकपा माओवादी गठबन्धनका बेला मन्त्रालयको संख्या घटाइएको थियो । अन्ततः मन्त्रालयको संख्या पुनः आठ कायम गर्ने निर्णय भएको हो ।

    मंगलबार साँझ बसेको कर्णाली मन्त्रिपरिषद्को बैठकले मन्त्रालयको संख्या संशोधन गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले जानकारी दिए ।

    ‘भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोत मन्त्रालयलाई फुटाएर भौतिक पूर्वाधार एवम् शहरी विकास मन्त्रालय र ऊर्जा तथा जलस्रोत मन्त्रालय बनाउने निर्णय भएको छ’, मन्त्री जिसीले भने, ‘प्रदेश सरकार कार्य विभाजन नियमावली २०७४ को अनुसूची एक र दुई हेरफेर गर्ने निर्णय भएको हो । सो निर्णयअनुसार भौतिक मन्त्रालयमा १३ कार्यभार रहने छन् भने ऊर्जा मन्त्रालयमा १२ कार्यभार रहनेछन् ।’

    मन्त्री जिसीका अनुसार कर्णाली प्रदेशको सडक विधेयक तर्जुमा गर्नका लागि हिजैको बैठकले भौतिक पूर्वाधार मन्त्रालयलाई सैद्धान्तिक सहमति दिने निर्णय गरेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij