Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

फोहोर नउठाउने मेयर बालेनको निर्णयविरूद्ध परेको रिटको सुनवाई आज

फोहोर नउठाउने मेयर बालेनको निर्णयविरूद्ध परेको रिटको सुनवाई आज

  • 241
    SHARES
  • फोहोर नउठाउने मेयर बालेनको निर्णयविरूद्ध परेको रिटको सुनवाई आज

    काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन्द्र साह (बालेन)विरूद्धको रिटमा आज सुनुवाई हुनेछ ।

    देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार र राष्ट्रपति कार्यालय शीतल निवासको फोहोर नउठाएको भन्दै काठमाडौं महानगरपालिकाका मेयर साहविरूद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज सुनवाई हुन लागेको हो ।

    अधिवक्ता पदम श्रेष्ठले काठमाडौं महानगरपालिकाले कानुनविपरीत फोहोर संकलन नगरेको उल्लेख गर्दै तत्काल फोहोर संकलन गरि ल्यान्डफिल्ड साइडमा लैजान, नियमित फोहोर संकलन र बिसर्जन गर्नुपर्नेलगायतका माग गर्दै सोमबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

    सोही रिटमा आज सुनवाई हुन लागेको हो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij