Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

हरियो तरकारी तथा फलफूलको मूल्य कति ?

हरियो तरकारी तथा फलफूलको मूल्य कति ?

  • 262
    SHARES
  • हरियो तरकारी तथा फलफूलको मूल्य कति ?

    काठमाडौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि तरकारी तथा फलफुलको मूल्य सार्वजनिक गरेको छ ।

    जसअनुसार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी १८० रूपैयाँ, हरियो अंगुर १२० रूपैयाँ, अनार २२५ रूपैयाँ, आभोकाडो ४०० रूपैयाँ, अमला ११० रूपैयाँ र किवि ४०० रूपैयाँमा खरिदबिक्री भइरहेको छ ।

    समितिका अनुसार नेपाली ठूलो गोलभेडा ५० रूपैयाँ, अदुवा ११० रूपैयाँ, रातो आलु ३२ रूपैयाँ, सेतो आलु २६ रूपैयाँ रहेको छ भने स्थानीय काउली ३५ रूपैयाँ, कागती २४० रूपैयाँ, कुरीलो २५० रूपैयाँ, सुकेको खुर्सानी ४५० रूपैयाँ र हरियो खुर्सानी ६० रूपैयाँ प्रतिकेजी कायम भएको छ ।

    त्यस्तै लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ५० रूपैयाँ, गान्टे मूला ६० रूपैयाँ, गुन्दु्रक २५० रूपैयाँ, राजमा घिउ सिमी ११० रूपैयाँ, घिरौला ३० रूपैयाँ, चमसूरको साग १०० रूपैयाँ, कन्य च्याउ १४० रूपैयाँ, डल्ले च्याउ २८० रूपैयाँमा किनबेच भइरहेको छ भने तोरीको साग ३० रुपैया, तराइ परवर र न्यूरो ९० रूपैयाँ, भारतीय सुकेको प्याज ३१ रूपैयाँ, हरियो प्याज ४० रूपैयाँ, पुदीना १५० रूपैयाँ, लोकल बन्दा १० रूपैयाँ, फर्सी पाकेको ४० रूपैयाँ केजी कायम गरिएको छ ।

    ब्रोकाउली ६० रूपैयाँ, भान्टा लाम्चो ३० रूपैयाँ, भिण्डी ६० रुपैया केजी, मूला सेतो २० रूपैयाँ, रुख कटहर ६० रूपैयाँ, भुई कटहर १८० रूपैयाँ प्रतिगोटामा खरिदबिक्री भइरहेको छ भने चाइनिज सुकेको लसुन १७० रूपैयाँ, लौका ३० रूपैयाँ र हरियो धनिया ४० रूपैयाँ पाइने समितले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij