वेबटिभी खबर
काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी देशको पछिल्लो आर्थिक स्थितिका बारेमा जानकारी गराउन पत्रकार सम्मेलन गर्दैछन् ।
बैंक तथा लघुवित्तप्रति सर्वसाधारणको आक्रोश, बैंकहरूको उच्च ब्याज दर र अर्थतन्त्रमा समस्या गहिरिदैँ गएको, आर्थिक वृद्धिदर घटेको, आयातको मात्रा बढेको तर निर्यात घटेको, राजश्व कम उठेको लगायतको समस्यालाई लिएर गर्भनर अधिकारीले आज पत्रकार सम्मेलन गर्न लागेका हुन् ।
पत्रकार सम्मेलन दिउँसो १ बजे बोलाइएको छ ।
बैंकहरूले बैशाख १ गतेदेखि लागु गर्ने ब्याजका बारेमा निर्णय गर्न लागेका बेला गभर्नर अधिकारीले पत्रकार सम्मेलन गर्न लागेका हुन् । उनले सो पत्रकार सम्मेलनमार्फत ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ का बारेमा जानकारी गराउने छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij