Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

एभर्टनमाथि म्यानचेष्टर युनाइटेडको जित

एभर्टनमाथि म्यानचेष्टर युनाइटेडको जित

  • 366
    SHARES
  • एभर्टनमाथि म्यानचेष्टर युनाइटेडको जित

    काठमाडौं । प्रिमियर लिगको शीर्ष चारमा रहिरहन संघर्षरत म्यानचेष्टर युनाइटेडले एभर्टनलाई हराएको छ ।

    शनिबार भएको खेलमा म्यानचेष्टर युनाइटेडले रेलिगेशन जोनभन्दा माथि रहन संघर्षरत एभर्टनलाई २–० ले हराएको हो ।

    ओल्ड ट्राफर्डमा भएको खेलमा म्यानचेष्टर युनाइटेडले ३६औं मिनेटमा स्कट म्याकटोमिनेको गोलबाट अग्रता लिएको थियो ।

    खेलको ७१औं मिनेटमा एन्थोनी मार्सलले गोल गर्दै घरेलु टोलीको जित सुनिश्चित गरेका हुन् ।

    जितपछि युनाइटेड २९ खेलबाट ५६ अंकका साथ तेस्रो स्थानमा छ, एभर्टन भने ३० खेलबाट २७ अंकका साथ १६औं स्थानमा छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij