वेबटिभी खबर
काठमाडौं । बारा क्षेत्र नम्बर २ बाट जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले मनोनयन दर्ता गराए । दर्ता गर्न जाँदा उनले निर्वाचन आचारसंहितालाई लत्याउँदै नारा लगाउँदै जुलुस लिएर गए ।
निर्वाचन आयोगले उम्मेदवारी दर्ता गराउनकै लागि जुलुस र पार्टीको झण्डा निषेध गरेको छ । तर अध्यक्ष यादव सयभन्दा गाडीको लहरसहित कलैया पुगेका थिए । जुलुस लिएर उनी उम्मेदवारी दर्ता गराउन पुगेका हुन् ।
यादवलाई १० दलीय गठबन्धनमध्ये कांग्रेस, माओवादी, नेकपा एसको समर्थन छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij