वेबटिभी खबर
काठमाडौं । प्रि-ओपन सेसनमा सोमबार नेप्से झिनो अंकले वृद्धि भएको छ । नेप्से सूचकमा ०.०६ अंकले वृद्धि भइ १८८८.६१ विन्दुमा आएको छ ।
यो सेसनमा ३ कम्पनीको कुल १२० कित्ता शेयर कारोबार हुँदा ९ हजार ३४५ रूपैयाँको कारोबार भएको छ ।
यो सेसनमा कुल एक वटा कम्पनीको मूल्य बढेको छ भने एक वटाको मूल्य घटेको छ ।
यता १३ उपसुचकहरू मध्ये निर्जीवन बिमा कम्पनीमा सामान्य वृद्धि भएको छ भने हाइड्रोपावर सूचक कम्पनीमा ओरालो लागेको छ । बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij