Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

मिटरब्याजी साहुकारको संरक्षण नगर्न मनिष झाको चेतावनी

मिटरब्याजी साहुकारको संरक्षण नगर्न मनिष झाको चेतावनी

  • 274
    SHARES
  • मिटरब्याजी साहुकारको संरक्षण नगर्न मनिष झाको चेतावनी

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले मिटरब्याजी साहुकारको संरक्षण नगर्न चेतावनी दिएका छन् ।

    बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले सिरहाबाट हिँडेर काठमाडौं आएका मिटरब्याजी पीडितको माग तत्काल सम्बोधन गर्न माग गरेका हुन् ।

    उनले भने, ‘मिटरब्याजी साहुकारको संरक्षणमा कुनै पनि राजनीति दल वा राज्यसंयन्त्रमा रहेका कोही पनि नलाग्न चेतावनी दिँदै आग्रह छु । मिटरब्याजकै कारण कोही पनि रूखमा झुण्डिनुपर्ने अवस्था सरकारले पर्खेर बसेको हो ? होइन भने उनीहरूको माग सम्बोधन गर्नुपर्‍यो ।’

    जारी बैठकमा बोलेका अधिकांश सांसदले मिटरब्याज पीडितको माग सम्बोधन गर्न र पीडकलाई कारबाही गर्न माग गरेका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij