Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

ट्रम्पको फेसबुक खाता दुई वर्षका लागि निलम्बन

ट्रम्पको फेसबुक खाता दुई वर्षका लागि निलम्बन

  • 682
    SHARES
  • ट्रम्पको फेसबुक खाता दुई वर्षका लागि निलम्बन

    वाशिंटन । फेसबुकले अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको खाता दुई वर्षका लागि निलम्बन गरेको छ । ट्रम्प अब जनवरी ७ २०२३ सम्म आफ्नो फेसबुक खाता सञ्चालन गर्न सक्दैनन् । नोभेम्बर यसकारण २०२२ मा हुने मध्यावधि निर्वाचनमा पनि ट्रम्प फेसबुकको पहुँचमा हुने छैनन् । 

    फेसबुकका एक उच्च अधिकारी निक क्लेगले शुक्रबार ब्लग पोस्टमार्फत यसबारे जानकारी दिएका हुन् । ट्रम्पले फेसबुकले गरेको यस कारबाहीले आफ्ना सात करोड ५० लाख मतदाताको अपमान गरेको बताएका छन् । जसले सन् २०२० को निर्वाचनमा उनलाई भोट दिएका थिए । 

    ट्रम्पले भनेका छन्, 'ती मानिसहरूलाई सेन्सर गर्न र शान्त गर्न सकिँदैन । हामी फेरि जित्नेछौं । हाम्रो देशले यो अपमानलाई अब सहन गर्न सक्दैन ।' विज्ञहरुले ट्रम्पको पोस्टले जनतालाई खतरा हुने वेलासम्म खाता एक्टिभ नगर्न फेसबुकलाई सुझाव दिएपछि यस्तो निर्णय गरेको हो । 

    जनवरी ६ मा अमेरिकी संसद भवन क्यापिटोल हिल्समा हिंसा भएपछि फेसबुक, ट्विटर, युट्युबलगायत सामाजिक सञ्जालले ट्रम्पको खाता निलम्बन गरेका थिए । निर्वाचनको परिणाम घोषणा गर्ने वेला आफ्ना समर्थकलाई उक्साएर उत्तेजित पोस्टहरु गरेको आरोप ट्रम्पलाई लागेको छ । 

    डोनाल्ड ट्रम्पको सञ्चार वेबसाइट स्थायी रुपमा बन्द  डोनाल्ड ट्रम्पको सञ्चार वेबसाइट स्थायी रुपमा बन्द  फेसबुक, ट्विटरको प्रतिबन्धमा परेका डोनाल्ड ट्रम्पले सुरु गरे आफ्नै वेबसाइट फेसबुक, ट्विटरको प्रतिबन्धमा परेका डोनाल्ड ट्रम्पले सुरु गरे आफ्नै वेबसाइट

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij